५ महिनामा ८ सय ४४ जना महिला तथा बालिकामाथि हिंसा, ५६ प्रतिशत हिंसा घरभित्रै

लोकखबर
२०७८ पुष १२, सोमबार १३:००

काठमाण्डौ । महिला माथि घरेलु हिंसाका घटना बढ्दै गएको छ ।

महिला पुनर्स्थापना केन्द्र ओरेकले पछिल्लो ५ महिनामा गरेको अध्ययनले महलिा माथि घरेलु हिंसाका घटना बढिरहेको देखाएको हो ।

गएको साउनमहिनादेखि मंसिरसम्ममा ८ सय ४४ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना भएकामा ५६ प्रतिशत अर्थात ४ सय ७५ घटना घरेलु हिंसासँग सम्बन्धित रहेका ओरेकले जनाएको छ ।

श्रीमान तथा परिवारका अन्य सदस्यबाट महिलालाई विभिन्न बहानामा कुटपिट गरिएका, स्रोत–साधनबाट वञ्चित गरिएका, घरनिकाला गरिएका, गालीगलौज गरी भावनात्मक चोट पुगेका, विभिन्न डर त्रास देखाइ मानसिक यातना दिएका तथ्याङ्कहरु सङ्कलन भएका छन् ।

उज्यालो अनलाईन

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको