बकैयामा कौडा खेलिरहेका ८ जना प्रहरीको फन्दामा
मकवानपुर । जुवा खेल्ने ८ जनालाई मकवनापुर प्रहरीले नियन्त्रणमा लिईएका छन् ।
आईतवार (हिजो) प्राप्त सूचनाको आधारमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ स्थित बैरुङ्दमार खुल्ला चौरमा कौडा खेलीरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोली र मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलिले हारजित हुने गरी कौडा खेलिरहेको अबस्थामा १६ थान कौडा, नगद ६७ हजार ६ सय ३५ सहित नियन्त्रणमा लिईएको हो ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नम्बर ९ हर्कपुर निवासी ३६ वर्षिय दावा लामा बम्जन, बकैया ४ ठुलोथली निवासी ४० वर्षिय दिपलाल थोकर, बकैया ४ सेतोभिर निवासी ४९ वर्षिय सुन्दर घिसिङ, सोही स्थान निवासी ५५ वर्षिय रामबहादुर थिङ् , बकैया ५ पाङ्रेखोला मगरटोल निवासी ३२ वर्षिय शुसिल लामा, बकैया ५ बस्ने ३८ वर्षिय कमल थिङ्, बकैया ११ गमलटार बस्ने ४५ वर्षिय बिजय वाईबा र बकैया ११ निवासी २६ वर्षिय आकाश न्यासुर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ८ जनालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान तथा कारवाही हुने प्रहरीले जनाएको छ ।











































