राजा वीरेन्द्र शाहको आज जन्मजयन्ती
दिवंगत राजा वीरेन्द्र शाहको आज जन्मदिन परेको छ । उनको जन्म वि.सं.२००२ साल पुष १४ गते प्रारम्भिक शिक्षा दरवारमा भएको थियो । बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट जन्म लिएका उनको सम्झनामा आज जन्मजयन्ती मनाउँदैछ।
माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि वीरेन्द्र बेलायतको इटन कलेजमा पढेका थिए। त्यसपछि उनी जापान तथा अमेरिकामा पनि थप अध्ययन गरे । उनको वि.सं.२०२२ सालमा ऐश्वर्य शाहसँग विवाह भएको थियो ।
वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि वीरेन्द्र राजा बनेका थिए । उनी ३० वर्ष राजगद्दीमा बसे । आफ्नो शासनकालमा उनले पञ्चायती व्यवस्थाको सट्टा प्रजातन्त्र स्वीकार गरे । उनकै पालामा २०४७ कात्तिक २३ गते नेपालको संविधान जारी भएको थियो ।
नेपालमा प्रजातन्त्र स्वीकारेको भन्दै राजतन्त्रका समर्थकहरूलाई चित्त बुझेको थिएन । सोही कारण २०५८ जेठ १९ गते उनको पूरै परिवारको रहस्यमय हत्या भयो । वीरेन्द्रलाई उदार राजा मानिन्छ ।
वीरेन्द्रकै पालामा जनमतसंग्रह भयो । दलहरूमाथि लागेको प्रतिबन्ध फुकुवा भयो । जनता र दलका नेताहरूप्रति घुलमिल हुने राजाका रूपमा वीरेन्द्रलाई सम्झने गरिन्छ ।











































