एमाले निकट अनेरास्ववियु जिल्ला कमिटिको चियापान कर्यक्रम, २५ जना प्रबेश

लोकखबर
२०७८ पुष १४, बुधबार १६:३६

मकवानपुर । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटिको आयोजनामा चियापान कर्यक्रम सम्पन्न भएको छ ।

बुधबार (आज) नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटिको आयोजना तथा जिल्ला कमिटी अध्यक्ष विशाल पौडेलको अध्यक्षता भएको कर्यक्रममा २५ जना अनेरास्ववियु मकवानपुरमा प्रबेश भएको हो।

कर्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सचिबालय सदस्य तथा स्वयमसेवक बिभाग प्रमुख मनिशमान श्रेष्ठले नेकपा माओवादी निकट विधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका २ जनालाई कमिटीका अध्यक्ष अङ्कितबहादुर कार्कीसहित २५ जनालाई अनेरास्ववियु मकवानपुरमा प्रबेश गराएका बिभाग प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर राना, सचिब एकालाल श्रेष्ठ, अनेरास्ववियु बाग्मती प्रदेश कमिटिका पदाधिकारीहरु तथा अनेरास्ववियु मकवानपुर जिल्लाका विधार्थी र युवा नेताहरुको अतिथ्यता रहेको थियो ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको