मकवानपुरमा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

लोकखबर
२०७८ पुष १४, बुधबार १६:५९

मकवानपुर । मकवानपुरमा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

गत बिहीबारदेखि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा हेटौँडामा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम आज (बुधबार) सम्पन्न भएको हो ।

युरोपियन युनियन र पत्रकार महासंघको संयुक्त सहकार्यमा मकवानपुरका ४६ जना पत्रकारलाई आधारभूत पत्रकारिता प्रशिक्षण दिइएको थियो ।

आधारभूत पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रदेश सरकार खारेज गर्नुपर्ने बताए ।

राजनीतिक स्वार्थपूर्ति गर्नकै लागि प्रदेश सरकारमा १४ वटा मन्त्रालय बनाएर मन्त्री र राज्यमन्त्री गरी १८ जनाको मन्त्रीमण्डल बनाइएको भन्दै मेयर महतले प्रदेशको औचित्यमाथि प्रश्न उठाएका हुन् । स्थानीय तहको मातहतमा मालपोत र नापी कार्यालय सञ्चालन हुनुपर्ने मेयर महतले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले शासकका विरुद्व कलम चलाई समाज परिवर्तनमा लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ठ अतिथिहरुमा नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दहाल, महासंघ केन्द्रीय समितिका कार्यक्रम प्रवन्धक संघर्ष पन्त तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको