काठमाडौँमा सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ
काठमाडौँ । काठमाडौँमा महिलारुलाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाइ प्रहरीले पक्राउ गरेका छन् ।
काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जनाएको छ।
उनका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालार्ई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिए।
उनका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन् । उनीहरुले एक गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिएका व्यक्तिहरु:
१) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३को हिक्मत नेपाली
२) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २२ को रतन नेपाली
३) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ६ लिउडी घर भई वर्ष २१ सुरेश सेज्वाल
४) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० रोभा वर्ष १९को दिपक नेपाली
५) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३ को शिवहरि वुढा
६) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २४ को युवराज वढुवाल
७) अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं १२ घर वताउने जिल्ला कपिलवस्तु वुद्दभुमी वस्ने ४३ को गोपाल कुमार शिरिष
८) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० वस्ने वर्ष २५/२६ को हस्त नेपाली (१४ गते विहान पक्राउ गरेको)
९) मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ११ झाकोट घर भई वर्ष २४ को चन्द्र साउद (१४ गते दिउसो पक्राउ गरेको)











































