तमु ल्होसार पर्वको अवसरमा मुख्यमन्त्री पाण्डेद्धारा शुभकामना
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद्र पाण्डेले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएका छन् ।
उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मेलनमा महत्वपूर्ण योगदानका साथ-साथै सांस्कृतिक पर्यटनको विकासमा समेत सहयोग गरेका छन् ।
यस्तै विश्वभर फैलिएको कोभिड १९ नयाँ भेरियन्टको रुपमा ओमिक्रोनको संक्रमण बढ्दो क्रममा रहेको हुँदा नेपाल सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी नियमहरुको पालना गर्दै र सतर्कता अपनाइ हर्षोल्लासका साथ पर्व मनाउनु हुन सम्पूर्ण नेपाली एवं प्रदेशवासीहरुमा आग्रह गरेका छन् ।











































