त्रिभुवन राजपथ अझै अवरुद्ध

लोकखबर
२०७८ पुष १५, बिहीबार १२:५४

मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बुधबार वर्षा र हिमपात हुँदा पछिल्लो २४ घण्टादेखि हेटौंडा-काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अझै अवरुद्ध रहेको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले अघोर, सीमभञ्ज्याङ र दामन क्षेत्रको उक्त सडक मार्गमा २ फिट सम्म हिउँ जम्दा सडक अवरुद्ध भएको बताए । उनका अनुसार हालसम्म पनि सडकमा हिउँ जम्दा हेटौंडाबाट काठमाडौँ तर्फ काठमाडौँबाट हेटौंडातर्फ आउने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम भएकोले यातायात संचालनमा रोक लगाईएको छ।

सडक डिभिजन तथा नगरपालिकासंग समन्वय गरेर हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भईरहेको समेत उनको भनाई छ । त्रिभुवन राजपथमा अवरुद्ध रहेको बाटो सफा गर्नका लागि जेसिबिले काम सुरु गरेको बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको