पुर्व अध्यक्ष थापाले हिन्दुराष्ट्रको एजेन्डा मात्र बोक्ने

लोकखबर
२०७८ पुष १५, बिहीबार १६:१७

मकवानपुर । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपा नेपालको पुर्व अध्यक्ष कमल थापाले राजसंस्थाको मुद्दा छोडेर हिन्दुराष्ट्रको मुद्दालाई लिएर अघि बढ्ने भएका छन् ।

थापा निकट राप्रपा एक नेताका अनुसार थापाले आउँदो पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नयाँ अभियान सुरू गर्दै राजतन्त्रको एजेन्डा छोडेर हिन्दुराष्ट्रको अभियानलाई नयाँ ढङ्गले अघि बढाउने तयारी गरेका छन् ।

पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित संगै थापा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्टि छन् ।

पार्टीको आन्तरिक कुरामा निर्मल निवासले ठाडो हस्तक्षेप गरेको थापाको आरोप छ । थापाले पार्टीको चुनावमा निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न माग समेत गरेका थिए । तर राप्रपाले हालसम्म उक्त विषयमा कुनै पनि निर्णय लिएको छैन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको