मिनि ट्रक दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

लोकखबर
२०७८ पुष १६, शुक्रबार १६:२६

गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रबार मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्वरको मिनि ट्रक सडकबाट करिब १०० मिटर खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक धादिङका निराजन नेपाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृत्यु हुने अर्का व्यक्तिको पहिचान हुन बाँकी रहेको जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले बताए ।

यस्तै, दुर्घटनामा परी धार्चे गाउँपालिका–३ उहियाका आसमान गुरुङ, वडा नम्वर ५ की अस्मिता गुरुङ, सरानी गुरुङ र दुई वर्षीया बालिका सपना गुरुङ घाइते भएकाछन् । घाइतेमध्ये आसमानको अवस्था गम्भीर रहेको बताइएको छ । उनको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको