नवौं राष्ट्रिय पोशाक दिवस मनाइयो

लोकखबर
२०७८ पुष १८, आईतवार १२:०१

काठमाडौं । शनिबार नवौं राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोशाक दिवस मनाइएको हो । राष्ट्रियताको पहिचानका लागि एउटै पोशाक हुनुपर्छ भन्ने उदेश्यका साथ २०७० सालदेखि राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको हो ।

उक्त समारोहमा विशिष्ट आमन्त्रीत डा.निर्मलमणी अधिकारी,कलाकारद्वय हरिवंश आचार्य( मदनकृष्ण श्रेष्ठ, साहित्यकार मोहन दुवाल, पत्रकार महासंघका अध्यक्ष्य बिपुल पोखरेल, प्रेम कैदी, डा। नरेन्द्र हमाल, डा। अमोद तामाङ्ग, पुर्व एसएसपी प्रल्हाद केशी, वरिष्ठ संगितकाररगायक शिला बहादुर मोक्तान( कुन्ती मोक्तान,काभ्रे सेवा समाजको अध्यक्ष नारायण महत क्षत्री , गायक शिशिर योगी, गायक रामहरी न्यौपाने, गायक अजय अधिकारी,युवराज आचार्य, गेली शेर्पा लगायतको आतिथ्यता भयो।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईंले २०७० सालमा काभ्रेबाट कार्यक्रमको सुरुवता गरिएको बताए । सरकारले २०७० सालदेखि राष्ट्रिय पोशाक हटेको थियो । अहिले राष्ट्र राष्ट्रिय पोशाक विहीन छ । नेपालको राष्ट्रिय पोशाक चाहिन्छ भन्ने मागसहित पोशाक दिवस मनाउन थालिएको होू उनले भने । पुस १७ गते विदेशी नयाँ वर्ष मनाउने गरेकाले हामीले हाम्रो आफ्नै पहिचान छ भन्ने बुझाउनका लागि यहि मितिमा नै राष्ट्रिय पोशाक दिवस मनाउन थालेको उनको भनाइ छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको जातिय पोशाकलाई अपमान नगरिएको बताए । उनले नेपाली पहिचानका लागि राष्ट्रिय पोशाक आवश्यक रहेको जनाए । हामीले हाम्रो धरोहरलाई बचाउनका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । नत्र आयातित संस्कृति भित्रिन्छन्, उनले भने ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय धरोहर २०७८ द्वारा सम्मान गरिएको छ । उनलाई ११ हजार १०० नगदसहित सम्मान गरिएको हो । यसैगरी, कार्यक्रममा पोशाक दिवसमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरुलाई समेत सम्मान पत्र र कदरपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले ६३ जिल्ला सञ्जाल फैलिएको जानकारी दिए । उनले विदेशमा बसिरहेका नेपालीहरुले पनि राष्ट्रिय पोशाक दिवस उत्तिकै महत्वका साथ मनाइरहेको बताए ।

सांस्कृतिक तथा पर्यटनमन्त्री प्रेम बहादुर आले राष्ट्रिय पोशाकको महत्व बुझाउँदै आवश्यक रहेको औंल्याए । उनले राष्ट्रिय पोशाकलाई आधिकारिकता दिनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले राष्ट्रिय पोशाकको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने कर्णाली प्रदेश संयोजक कमल प्रसाद लामिछाने, लुम्बिनी प्रदेश संयोजक समीर वलीलाई कदर पत्र तथा गायक द्वय रामहरी न्यौपाने र शिशिर योगीलाई कदर पत्र द्वारा सम्मान गरिएको थियो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको