विमानस्थलमा बेवारिसे अवस्थामा ५० लाख रुपैयाँ

लोकखबर
२०७८ पुष १८, आईतवार १६:१२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० लाख रुपैयाँ बेवारिसे अवस्थामा भेटिएको छ । शनिबार ३ बजेर ५५ मिनेटमा विराटनगरबाट काठमाडौं आएको सौर्य एयरलाइन्सको उडान नम्बर ७२४ मा ल्याएको ब्याग चेकजाँचको क्रममा सो रकम भेटिएपछि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई प्राप्त गोप्य सूचनाको आधारमा खटिएका सादा पोसाकका प्रहरीद्वारा भद्रपुर लेखिएको रातो रंगको मेल ब्याग चेकजाँच गर्दा उक्त ब्यागभित्र लुकाई राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ ५० लाख भेटिएको थियो ।

प्रहरीले निन्त्रणमा लिएको सो रकमको छानबिनका लागि आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सौर्य एयरलाइन्स काठमाडौंमा एसिसेन्टका रुपमा कार्यरत रेशा शाक्य पोखरेल समेतलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको