निर्मला पन्तको हत्या गरेको आशंकामा पक्राउ परेका अलीको हुन् ?
कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका २४ वर्षीय अली थर भएका रहेका छन् ।
निर्मलाको हत्या भएको लामो समयपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा अलीलाई भारतबाट पक्राउ गरेको हो । पक्राउ परेका अलीमाथि प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।
पक्राउ गरेपछि १५ दिनअघि भारतबाट नेपाल ल्याइएका अलीको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाइएको छ । यदि परिक्षण गर्दा रिपोर्ट मिलेमा प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।
भारत पिलभित घर भएका अलीको परिवार लामोसमयदेखि कञ्चनपुरमा बस्दै आएको थियो । उनको परिवार कञ्चनपुरमा तरकारी खेती गर्दै आएको थियो । अलीको परिवार निर्मलाको शव भेटिएको केही पर बस्ने गर्थ्यो । लकडाउन भएपछि अली भारत गएका थिए ।
कञ्चनपुरको भिमदत्त नगरपालिकी निर्मालाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको हत्या भएको ३ बर्षपछि प्रहरी अलीलाई पक्राउ गरेको हो । निर्मालाको हत्या भएको लामोसमयबित्दा पनि प्रहरीले सफलता हासिल गर्न सकिरहेको छैन । भने अनुसन्धान गर्न पनि छोडेको छैन ।











































