माओवादी केन्द्रले टुंगो लगायो राष्ट्रिय सभाका निर्वाचनका उम्मेदवार

लोकखबर
२०७८ पुष २०, मंगलवार ११:३२

काठमाडौं । सत्ता घटक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरूसँगको छलफलपछि उम्मेदवारको नाम टुंगो लगाएका हुन्। माओवादी केन्द्रमा प्रदेश २ उर्मिला अर्याल, गण्डकी प्रदेशमा अन्यबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार चयन भएका छन्।

त्यस्तै कर्णाली प्रदेशमा अपांगबाट नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेशमा दलितबाट जगत पार्की उम्मेदवार बन्ने भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारि दिए।

सोमबार बसेको माओवादीको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो।१२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको