हेटौंडामा भिएफसी रेस्टुरेन्ट संचालनमा

लोकखबर
२०७८ पुष २१, बुधबार १७:०७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित संगमचोकमा भिएफसी रेस्टुरेन्ट संचालनमा आएको छ ।

नेपालको चौथो शाखाको रुपमा भिएफसी रेस्टुरेन्ट करिब ५० लाख रुपैयाँको लगानिमा संचालन गरिएको हो ।

यसको प्रमुख शाखा चितवनमा रहेको भिएफसी रेस्टुरेन्टका प्रमुख निवेश भट्टले एक क्रार्यक्रमकोबीच बताए ।

उनका अनुसार रेस्टुरेन्ट विहान ९ बजेदेखि बेलुका ९ बजेसम्म संचालन हुने छ । यहाँ फास्ट फुडको साथ-साथै विभिन्न किसिमको परिकारहरु र खाना नास्ता पाइने उनले बताए ।

उनले भने रेस्टुरेन्टमा ४० प्रतिशत रुपैयाँ सरसफाईमा लगाईने तथा सुन्दर वतावरण रहने छन् । आजदेखि एक हप्तासममका लागि २० प्रतिशत छुटसमेत दिइने छ ।

साथै हरेक हप्ताको शुक्रबार र शनिबार विशेष अफर रहेको उनको भनाई छ ।

Open photo

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको