ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पतालबाट डिस्चार्ज

लोकखबर
२०७८ पुष २२, बिहीबार १३:००

ब्राजिल । आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

“आज डिस्चार्ज भयो। सबैलाई धन्यवाद,” बोल्सोनारोले ट्विटरमा लेखेका छन् ।

६६ वर्षीय राष्ट्रपतिलाई सोमबार साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको आन्द्रामा देखिएको आंशिक अवरोधको उपचार गरिएको थियो ।

सन् २०१८ सेप्टेम्बरमा चुनावी प्रचारका क्रममा पेटमा चक्कु प्रहार भएपछि बोल्सोनारोले हालसम्म चार पटक आन्द्राको शल्यक्रिया गरिएको छ । – एएनआई

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको