आज फेरी सुनको मूल्य घट्यो
नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रति तोलामा ५०० रुपैयाँले घटी ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन प्रति तोला ९१ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा २५ रुपैयाँले घटी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।











































