स्थगित भयो प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट

लोकखबर
२०७८ पुष २२, बिहीबार १३:१३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।

पछिल्लोसमय भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनका संक्रमणको जोखिमका कारण जनवरी ९ देखि आयोजना हुने दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

त्यसका लागि प्रधानमन्त्री देउवा २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्ने र २६ गते उक्त समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको