हेटौंडाका अर्याल पोखराबाट पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का आशिष अर्याल पक्राउ परेका छन् । अर्याललाई अवैध लागूऔषधसहित पोखराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले अर्यालको साथबाट डाईजापाम–६५, फेनारगन– ६८ र नुर्फिन –७३ एम्पुल बरामद गरेको छ । यस्तै, पोखरा प्रहरीले अर्का दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा काहुँखोलाका अनिश खत्री र बागलुङ जिल्लाको बागलुङ नगरपालिका –८ का एक किशोर रहेका छन् । उनीहरु छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन् ।
प्रहरीले खत्रीको साथबाट डाईजापाम –१५, फेनारगन –१५ एम्पुल र नुर्फिन–१५ एम्पुल बागलुङका १७ वर्षीय किशोरको साथबाट डाईजापाम– ३२, फेनारगन –३२ र नुर्फिन– ३२ एम्पुल बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसुरमा ५ दिनको म्याद गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको पोखरा प्रहरीले जनाएको छ ।











































