लागुऔषध गाँजासहित २ जना प्रहरीको नियन्त्रणमा

लोकखबर
२०७८ पुष २२, बिहीबार १९:४५

मकवानपुर । लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएका छन् ।

बिहिवार (आज) बिहान ०१:०० बजेको समयमा सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आईरहेको राक्सिराङ गाउँपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय भक्त बहादुर थापा मगर र मनहरी गाउँपालिका वडा नम्बर ५ बस्ने  ४१ वर्षीय हिरालाल गुरुङ्गलाई लागुऔषध गाँजा ४५ किलोसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका दुई जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको