२६ एसएसपीको सरुवा

लोकखबर
२०७८ पुष २३, शुक्रबार १२:२९

नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयका जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको विभिन्न ठाउँमा सरुवा गरेको हो ।

एसएसपीको सरुवा भएसँगै महानगरीय अपराध महाशाखादेखि केन्द्रीय प्रहरी प्रवक्तासम्म हेरफेर भएका छन्। अपराध महाशाखामा एसएसपी बसन्त कुँवरलाई सरुवा गरिएको छ। उनी यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए ।

अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशीको भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ सरुवा गरिएको छ।

त्यस्तै भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

हेर्नुहोस् एसएसपी सरुवाको सूचीः

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको