अहिलेको सरकारले काम गर्छ भन्ने अपेक्षा छैनः पुर्व मुख्यमन्त्री पौडेल

लोकखबर
२०७८ पुष २३, शुक्रबार १६:२६

मकवानपुर । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको सत्तागठबन्धन सरकारले कुनै पनि विकास निर्माणको कामहरु गर्न नसक्ने टिप्पणी गरेका छन् ।

नेकपा एमाले मकवानपुरको ११ औं जिल्ला अधिवेशनलाई सम्मबोधन गर्दै पुर्व मुख्यमन्त्री पौडेलले नयाँ सरकार बनेको ५ महिना बित्दा पनि कुनै पनि विकासका कामहरुलाई अघि बढाउन नसकेको भन्दै सत्ता गठबन्धन सरकारले काम गर्छ भन्ने अपेक्षा नरहेको बताए ।

उनले आफु मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा विकास निर्माणका कामहरु भएको बताए । उनले आउँदो तीन तहको निर्वाचनमा आउँदै गरेको बताउँदै निर्वाचनको लागि तयारी अवस्थामा रहन निर्देशन दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको