चुरियामाई उपभोक्ता समितिमा मिनबहादुर घलान
मकवानपुर । मध्यवन्ती समिति तथा चुरियामाई उपभोक्ता समितिको पूर्ण गठनमा अध्यक्षमा मिनबहादुर घलान सर्व सहमतिले चयन भएका छन् ।
आईतबार एक कार्यक्रमकाबीच निर्णय नम्बर २ को प्रस्ताव नम्बर २ माथि छलफल गर्दा चुरीयामाई उपभोक्ता समितिको अध्यक्षमा मिनबहादुर घलान सर्व सहमतिले चयन भएको हो भने उपाध्यक्षमा रिता सिङ्तान, सचिवमा राजु रुम्बा, कोषध्यक्षमा गोपाल बल र सह सचिवमा बलराम थिङ्ग चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा श्यामकुरमा योलन, तिर्थ भलोन, जोगबहादुर स्याङ्तान, धनबहादुर मोक्तान, कुमार घलान र रिवलबहादुर बानियाँ चयन भएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपाकिला वडा नम्बर १४ का वडा अध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने पर राष्टिङ्कय निकुन्जको कर्मचारी दिवस कोलेनी लगायतको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











































