उद्योग क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको छः मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समग्र उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
हेटौंडामा सोमबार उद्योग संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपमा लागेको बताए ।
उनले उद्योग क्षेत्रको विकासका गर्न उद्योग तथा वाणिज्य मन्त्रालय बनाएर काम सुरु गरिएको बताए ।
उद्योग, वन र पर्यटन तीन वटा कुरालाई जोड्दा सबै क्षेत्रमा काम गर्न असहज भएकाले छुट्टा–छुट्टै मन्त्रालय बनाएर काम सुरु गरिएको उनले बताए ।
मन्त्रालय धेरै बनाउँदा खर्च बढेपनि त्यसले नजिता राम्रो ल्याउने र ल्याउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।











































