मकवानपुरगढीको रानीसेरा माविमा विद्यार्थीलाई सहयोग

लोकखबर
२०८१ जेष्ठ १४, सोमबार ११:५८

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ रानीसेरास्थित रानीसेरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा शैक्षिक सामग्री सहयोग गरिएको छ ।

विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसँगै विद्यालय पोषाक पनि हस्तान्तरण गरिएको हो ।

रुहेल–सिआरसी संस्थका कार्यक्रम संयोजक मानबहादुर वाईबाको उपस्थितिमा संस्थाले विद्यार्थीलाई सहयोग प्रदान गरेको शिक्षक सुन्दर लामा लोले जानकारी दिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको