हेटौँडामा वातावरण दिवसका अवसरमा विविध कार्यक्रम आयोजना र सम्मान

लोकखबर
२०८१ जेष्ठ २३, बुधबार २०:५३

मकवानपुर । मकवानपुरको हेटौंडामा ५२ औं विश्व वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी वातावरण दिवस मनाइएको हो । दिवसका अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा पनि विविध कार्यक्रम गरिएको थियो ।

बुधबार विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतना मुलक बृहत र्याली तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडाका १९ वटै वडाहरुमा रहेका टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा र्याली समेत निकालेर यो दिवस मनाएका हुन् ।

‘हाम्रो भूमि, हाम्रो भविश्य’ भन्ने नाराका साथ हुप्रचौरबाट सुरु भएको र्याली शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा गएर सभामा परिणत भएको थियो । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा एवम् बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा टोल विकास स्थापना, गठन र परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्व कार्यकारी अधिकृत सुदर्शन ढकाललाई टोल विकास संस्था सम्मान र वातावरण संरक्षण र अभियान संचालनमा महत्वपूर्ण योगदान पुर्याए बापत नवजिवन ज्योति क्लब, हेटौंडा–६ लाई वातावरण सम्मान २०८१ द्वारा सम्मान गरिएको थियो ।


कार्यक्रममा शव वहान चालक हरीप्रसाद ढकाल, सवदाह मेशिन अपरेटर अ‍ौतार तितुङ, बजार सफाईकर्ता सानुमैया देउला, चुनुमाया देउला, आशामाया देउला, वारूणयन्त्र फायर मेन सन्तोष ठकुरी, सफाईकर्ता अमृता ठकुरी, अमृता शिकारी, मेडिकलजन्य फोहोर रिक्सा चालक ईन्द्र बहादुर पाख्रीन, हेटौंडा अस्पतालको शव पोस्टमार्टम कर्ता हाकु देउला, सेफ्टी ट्याङ्की चालक बाबुलाल पाख्रिन, सफाईकर्ताहरू गोपाल मोक्तान, जवान सिंह वाईवा, प्रमिला स्याङतान, पानस चेपाङसहित १५ जनालाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सप्ताहव्यापी रुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट र्यालि पुरस्कारतर्फ मनकामना टोल विकास संस्था ९ख० हेटौंडा–८ प्रथम, सिमलटार टोल विकास संस्था हेटौंडा–११ दोश्रो, विकास टोल विकास संस्था हेटौंडा–८ तेश्रो, कालिकामाई विकास संस्था हेटौंडा–८, सामुदायिक विकास तथा सचेतना नेपाल र स्वर्गद्वारी महिला नौमती पच्चेबाजा समूह हेटौंडा– १, रक्षादेवि टोल विकास संस्था, हेटौंडा–६, नेवा सास्कृतिक पुच, हेटौंडा–२ सान्तवना भएका छन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको