प्रतिनिधि सभाबाट आइएसए सम्झौता अनुमोदन
मकवानपुर । प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई बिहीबार अनुमोदन गरेको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेकोअन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल सकेर अनुमोदनको प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो ।











































