हेटौँडामा बाल समूह संजालको सहयोग
मकवानपुर । हेटौँडामा बाल समूह सञ्जालले एक संस्थालाई सहयोग गरेको छ । हेटौँडा ८ नम्बर वडा बाल समूह सञ्जालले उत्कृष्ट बाल समूह संजाल बापत पाएको रकम हेटौँडा ११ डाङडुङेस्थित मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेको हो ।
हेटौँडा ८ का वडाअध्यक्ष राम थापाको प्रमुख आतिथ्यताको आतिथ्यतामा भएको कार्यक्रममा बाल समूह संजाल नगद ४ हजार रुपैयाँ संस्थालाई सहयोग गरेको थियो ।
कार्यक्रममा ८ नम्बर वडा सदस्य रीता मग्राती, ८ नम्बर वडाका वडा बाल सहजकर्ता रोजिता दङ्गाल, ८ नम्बर बाल समुह संजालका अध्यक्ष प्रकृति भण्डारी, कोषाध्यक्ष सुप्रिया मोक्तान, हमिद अकि, शुधम्सु थापा र अभिभावक श्याम मोक्तानको उपस्थिति रहेको थियो ।
सडक बालबालिकाको व्यवस्थापनमा मामाघर नेपाल मकवानपुरले काम गर्दै आएको छ ।











































