गृहजिल्लामा नेतृ पाण्डेको “भुइमान्छे”

कृतिसहित पुगिन् नेतृ पाण्डे
देवचन्द्र भट्ट
४ जेष्ठ २०८२, शनिबार १६:५३

विदुर–गृह जिल्ला नुवाकोटमा डा. विन्दा पाण्डे लिखित ‘भुइँमान्छे’ को चर्चा गरिएको छ । लिखु गापा १ ढिकुरेकी डा. विन्दा पाण्डेद्वारा लिखित पार्टीको इतिहास झल्कने ‘भुइँमान्छे’ पुस्तक सम्वन्धमा नुवाकोटको विदुरस्थित वट्टारवजारमा चर्चा गरिएको छ ।
सो पुस्तकमा कोअर्डिनेसन केन्द्रदेखि माले हुँदै नेकपा एमालेसम्मको राजनीतिक यात्रामा आम कार्यकर्ताको योगदान समेटिएको छ । डा. पाण्डेले पुस्तकमा सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिष्टले आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन् ।
४७ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोह लगायत मुलुकका विभिन्न स्थानमा भएका तत्कालीन घटनामा आम कार्यकर्ताको भूमिका पुस्तकमा समेटिएको लेखक पाण्डेले बताइन् ।
झण्डै चारदशक बाम राजनीतिमा बिताएकी डा. पाण्डेले आमसर्वसाधरणले तत्कालीन समयमा निर्वाह गरेको भूमिका र इमानका कारणनै मुलुकले लोकतान्त्रिक शासन व्यवस्था प्राप्त गर्न सकेकाले उनीहरूको भूमिकालाई सम्मान गर्नुपर्ने बताइन् । डा. पाण्डेद्वारा लिखित “भुइँ मान्छे“ पुस्तक चर्चा कार्यक्रम नेपाल बुद्धिजीवी परिषद् नुवाकोटको आयोजनामा गरिएको होे ।
भुइँमान्छे नेकपा एमालेलाई वर्तमान अवस्थामा ल्याउन पार्टी निर्माणका लागि योगदान गरेका र भुइँतल्ला भन्दा माथिल्लो तल्ला चढ्न नपाएका वा चढ्ने रहर नगरेका आम मानिसको कथामा आधारित आलेख हो । पार्टी स्थापनाको पृष्ठभूमीदेखि २०७९ सालको निर्वाचन सम्मका घटनाक्रमहरुलाई समेटेर लेखिएको पुस्तक भएकोले पार्टीको संक्षिप्त इतिहासको रुपमा पनि यसलाई लिन सकिन्छ ।
विगतका पार्टी गतिविधि र पार्टी टुटफुट, विभाजन तथा पार्टी एकता र विकासका गतिविधिहरु समावेश भएकोले भावी पुस्ताका लागि अध्ययनको श्रोतको रुपमा यो एउटा दस्तावेज पनि हो । यथार्थ घटनालाई चित्रण गरी लेखिएको हुनाले यो एउटा गैह्र आख्यान पनि हो ।
पार्टी कमिटी र नेतृत्वको समझ र स्मरणमा प्राय नआउने भुइँमान्छेहरुको योगदान, त्याग र निश्वार्थ भावको स्मरण गराउने यस पुस्तकले ओझेलमा परेका ती भुइँमान्छेहरुलाई न्याय दिने न्यायालयको काम पनि यसले गरेको छ र ति न्यायाधिषको भुमिका लेखिकाले निर्वाह गरेको पाइन्छ । पार्टी कारवाहीमा परेकै समय पार्टी गतिविधिबाट विमुख रहेको समयलाई सदुपयोग गर्दै पार्टी हितका लागि डा. पाण्डेले यो किताव लेखेकी हुन् ।
कार्यक्रममा पुर्व पररष्ट्रमन्त्रि तथा चीनका लागि पुर्व नेपाली राजदुत महेन्द्रवहादुर पाण्डे, पुर्वमन्त्रि केशवराज पाण्डे, शिक्षाविद् रामेश्वर उपाध्यायलगायतले पुस्तकले नेपाली समाजमा सकारात्मक सन्देश दिने वताए । नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी पार्टी निर्माणको सिलसिलामा भएका महत्वपूर्ण भेला तथा केन्द्रीय स्तरका भूमिगत बैठकहरूको आयोजना, ती आयोजनाहरूलाई सफल पार्न सहयोग प्रदान गर्ने भुइँ जनताको योगदान, भूमिकाका बारे स्थलगत अध्ययन गरि तयार गरिएको कृति हो, भुइँमान्छे ।
कम्युनिष्ट पार्टी २०४६ को आन्दोलनपछि क्रमशः आधारभूत जनताबाट बिछिन्न हुँदै गएको, नेता र नेतृत्व तह आफ्नै सुखसुविधा, पद र प्रतिष्ठा प्राप्तितिर मात्र केन्द्रीत हुँदै गएको र आम जनताको जीवन दशा फेर्नु पर्ने कामलाई महत्व नदिएको वर्तमान अवस्थामा यस पुस्तकले विगतको कष्टसाध्य दुख, योगदान, समर्पण र त्यागलाई स्मरण गर्न झक्झक्याएको छ । एमालेको दस्तावेज समेटिएको पाण्डेको पुस्तक होम भट्टराईले सम्पादन गरेका हुन् ।
यस पुस्तकमा नेकपाको स्थापनाको पृष्ठभूमि उल्लेख गर्दे २०१७ सालको राजनीतिक घटनापछि आन्दोलन तितरवितर भएको फुट र विभाजन भएको प्रसङ्गबाट कृति आरम्भ भएको छ । भुइँमान्छेले भुइँ मान्छेहरूले बिर्सदै गएका कारण कम्युनिष्ट आन्दोलन क्रमशः कमजोर हुँदै गएको भान हुदै भएको छ ।
कृतिमाथि चर्चा गर्दै सहभागीहरुले पुस्तकमा कर्णालीतीरका भुइँमान्छे समेत समेटिएको भए सुनमा सुगन्ध हुने वताए । काठमाडौंसं जोडिएको नुवाकोटमै पनि पञ्चायती कालखण्डमा पार्टी र आन्दोलनलाई सहयोग गर्नेहरू अर्थात भुइँमान्छेका कथा लेख्न यस कृतिले उत्प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
शिक्षाविद् तथा प्राध्यापक संघका पूर्व अध्यक्ष रामेश्वर उपाध्यायले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. बिन्दा पाण्डेको यस कृतिले उहाँभित्र रहेको स्वाभिमान, संघर्ष र आन्दोलन प्रेमको प्रशंसा गरे । लेखिकाले ‘भुइँमान्छे’ कृति लेखनको पृष्ठभूमि बताउँदै यिनै भूइमान्छे को अतुनीय योगदानका कारण नेपाली राजनीतिमा यति धेरै उलटफेर भयो तर भूइँमान्छेहरूलाई, उनीहरूको समस्या, दुख र छटपटीतितर्फ हाम्रो ध्यान किन गइरहेको छैन ? यही प्रश्नको उत्तर खोज्दै यो कृति लेखेको वताइन् ।
यस पुस्तकमा आन्दोलनका ओझेल परेका धेरैं प्रसङ्गहरूलाई पुनस्र्मरण गराइएको छ । कार्यक्रमको सहजीकरण बुद्धिजीवी परिषदका रामहरि रिमालले गरेका थिए ।
कार्यक्रममा युवराज कार्की, सुरेश कार्की, नरनाथ लुइँटेल, नारायणप्रसाद खतिवडा, वद्री मैनाली, शिवकुमार मिश्र, बुद्धिवहादुर प्रधानलगायतले साहित्यले परिवर्तनको मार्गरेखा देखाउने वताए । पुस्तकले नेपाली समाजलाई सचेतना प्रदान गर्ने अपेक्षा गरिएको ठाकुरप्रसाद पुडासैनीको भनाई छ ।