यात्रुवाहक गाडी दुर्घटना

– यात्रुहरु सामान्य घाइते
लोकखबर
२०८२ आश्विन ५, आईतवार २१:००

बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको भद्रुटारमा आइतवार यात्रुवाहक टाटासुमो दुर्घटनामा परेको छ । यात्रुहरु सामान्य घाइते भएका छन् ।

सदरमुकाम विदुरदेखि ३० किलोमिटर पुर्वमा रहेको पञ्चकन्या गाउंपालिका ४ आरुखर्क घालेभञ्ज्याङ हुँदै काठमाडौँतर्फ जाँदै गरेको वागमति प्रदेश०३–००१ज०३१६ नम्वरको यात्रुबाहक टाटासुमो पञ्चकन्या–५ भद्रुटार देउराली र सालचौँताराको बीचमा दुर्घटना भएको हो । दुर्घटनामा केहि यात्रुहरु सामान्य घाइते भएका छन् भने चालकसहित अन्य यात्रु सकुशल रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ेकाले दुर्घटना रोकथामका लागि सुरक्षित रुपमा सवारीसाधन चलाउन र ट्राफिक नियमहरुकोसमेत पालना गर्न प्रहरीले आग्रह गरेको छ । हतार नगरी सुरक्षित यात्रा गर्न र सतर्कता अपनाउने यात्रु तथा चालकलाई आग्रह गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ ।


सर्वाधिक रुचाइएको