भालुको आक्रमणले महिला सख्त घाइते

– अस्पतालमा उपचार जारी
लोकखबर
२०८२ आश्विन ५, आईतवार २१:०३

बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको पदेलीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।
सदरमुकाम विदुरदेखि ४५ किलोमिट पुर्वमा रहेको ककनी गाउँपालिका १ पदेलीमा भालुको आक्रमणबाट स्थानीय एक महिला घाइते भएकी हुन् । घर नजिकै वारीमा काम गरिरहेको अवस्थामा एक्कसी भालुको आक्रमणबाट स्थानीय ४८ वर्षिया साईली तामाङ घाईते भएकी स्थानीयवासी योगनाथ फुयालले जानकारी दिए ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएकी तामाङको घांटी र गालामा चोट लागेको छ । भालुको आक्रमणवाट उनको शरीरका अन्य मागमा समेत चोटपटक लागेको छ ।
उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको फुयालले जानकारी दिए । वनजंगल तथा शिबपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज नजिकै रहेको कारण बन्यजन्तुहरु मानव वस्तीमा समेत आउने गरेको स्थानीयवासीको भनाई छ ।

 

 


सर्वाधिक रुचाइएको