६ देशका सेना नुवाकोटको विदुरमा

– सन्धिस्थल तथा गढीहरुको अवलोकन
लोकखबर
२०८२ आश्विन ४, शनिबार १९:०३

बिदुर– नुवाकोटको विदुरमा एकैपटक ६ देशका सेनाले भ्रमण गरेका छन् । उनीहरुले नुवाकोटमा रहेका विभिन्न गढीहरु तथा सन्धिस्थलकोसमेत स्थलगत अवलोकन गरेका छन् ।

तीन दिनसम्म नुवाकोट र रसुवामा नेपालसहित अन्य ६ देशका सेनाले विभिन्न ऐतिहासिक स्थलहरुको स्थलगत अवलोकन भ्रमण गरेका हुन् । नेपालसहित !भारत, अमेरिका, चीन, पाकिस्तान, माल्दिब्स र केन्याका ८० जना सैनिक प्रशिक्षार्थीहरुले नुवाकोटको विभिन्न ऐतिहासिक स्थलहरुको अवलोकन तथा स्थलगत प्रशिक्षण लिएका हुन् ।

नेपाली सेनाका स्टाफ कलेजका प्रशिक्षार्थीहरुले विदुर नगरपालिका १० वेत्रावतिमा रहेको !बेत्रावती सन्धि स्थल, दुधेलामा÷जीतगढी र सुर्यगढीको स्थलगत भ्रमण गरेका हुन् । अधिकृतस्तरका तालिमे प्रशिक्षार्थीहरुले नुवाकोटसंगै जोडिएको रसुवाकोसमेत भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा उनीहरुलाई सेनाका अधिकारीहरु तथा नेपाल सरकारका अवकाश प्राप्त उपसचिव रेशमवहादुर पाण्डेलगायतले वेत्रावति सन्धिस्थलको महत्व, पहिचान तथा अवस्थाको वारेमा जानकारी गराएका थिए । उक्त टोली तीन दिनको भ्रमण अवलोकन गरि काठमाडौं फर्किएको छ ।


सर्वाधिक रुचाइएको