रास्वपाले सुरु ग¥यो हस्ताक्षर संकलन

वट्टार र ढुंगेमा हस्तान्तर संकलन
लोकखबर
२०८२ असार १५, आईतवार १८:५५

विदुर–प्रतिपक्षि दल राष्ट्रिय स्वतन्त्र पाटीले नुवाकोटमा हस्ताक्षर अभियान सन्चालन गरेको छ । नुवाकोटको दुई स्थानवाट सो दलले हस्ताक्षर स.कलन सुरुवात गरेको हो ।

रास्वपाले पार्टीले पाटी सभापति तथा पुर्व गृहमन्त्रि रवि लामिछानेमाथि प्रतिशोध गरिएको आरोप लगाउंदै हस्ताक्षर अभियान संकलन शुरुवात गरेको हो । रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले हस्ताक्षर अभियान सुुरुवात गरिएको बताए ।

गजुरेलका अनुसार पहिलो दिन विदुर नगरपालिका १ को ढुङ्गेवजार चोक र विदुर २ बट्टारवजार चोकबाट हस्ताक्षर संकलन अभियान शुरुवात गरिएको हो । ढुङ्गे चोकबाट ३ सय ३९ र बट्टार चोकबाट ६ सय ९९ गरि एक हजार ३८ हस्ताक्षर संकलन भएको गजुरेलको भनाई रहेको छ ।

सभापति गजुरेलले विदुरबाट शुरुवात गरेको अभियान सबै पालिकाहरुमा पुगेर हस्ताक्षर संकलन गरिने बताए । रास्वपा नुवाकोटका नेता कार्यकर्ताहरुले अन्याय चिर्ने र सुशासनका लागि पनि हस्ताक्षर संकलन गरिएको वताए ।


सर्वाधिक रुचाइएको