वर्थिङ सेन्टरका सामग्रीहरु हस्तान्तरण

– तीन स्वास्थ्य केन्द्रले पाए स्वास्थ्य उपकरण
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ कार्तिक २२, शनिबार २१:१६

बिदुर – गाउमा सुरक्षित प्रशुती सेवाका लागि नुवाकोटको विभिन्न तीन स्थानका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । यसवाट गाउंमै प्रशुती गराउनका लागि सहज भएको छ । नुवाकोटको तीनवटा स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति केन्द्रका लागि नेपाल रेडक्रस सोसाइटी नुवाकोटले शनिवार आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरू हस्तान्तरण गरेको हो ।

रेडक्रसले विदुर नगरपालिका २ स्थित नुवाकोट स्वास्थ्य चौकी, विदुर नपा ३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र बेलकोटगढी नपा. ७ स्थित रातमाटे स्वास्थ्य चौकीका लागि प्रसूति केन्द्रलाई लक्ष्यित गरी उक्त सामग्रीहरू उपलब्ध गराएको हो । प्रसूति सेवाको गुणस्तर अभिवृद्धि गर्ने, सुरक्षित मातृत्व सेवालाई थप प्रभावकारी बनाउने तथा स्थानीय स्तरमै आधारभूत प्रसूति सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको रेडक्रस नुवाकोटका सभाप िहरि श्रेष्ठले वताए । उनका अनुसार प्रभावकारी र सुरक्षित स्वास्थ्य सेवाको अपरिहार्यका लागि यस प्रकारको सहयोग गरिएको हो ।

प्रदान गरिएका सामग्रीहरूमा स्ट्यान्डर्ड डेलिभरी सेट, एपिसियोटोमी सेट, पेरिनियल÷भजाइनल सेट, अटोक्लेभ मेसिन, इन्स्ट्रुमेन्ट ट्रली, प्रसूति टेबल, फुटस्टेप, परीक्षणका लागि आवश्यक प्रकाश उपकरणलगायत रहेका छन् । अन्य सामग्रीहरुमा नवजात शिशुको पुनर्जीवनका लागि रेडियन्ट वार्मरसहितको उपकरण, अम्बु ब्याग, डिजिटल तौल मेसिन, डिजिटल तथा भित्ते थर्मोमिटर, फिटल डप्लर, सक्सन मेसिन, आईभी स्ट्यान्ड र रक्तचाप मापन गर्ने उपकरणलगायतका सामग्रीहरू रहेका छन् । ति स्वास्थ्य सामग्री तथा उपकरणहरूको उपलब्धताले प्रसूति केन्द्रहरूको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन, गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न र जन्मिने नवजात शिशुको प्रारम्भिक स्वास्थ्य हेरचाहमा सहयोग पुग्ने अपेक्षा गरिएको सामग्री वुझ्दै बिदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थको भनाई छ ।

उनका अनुसार सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा र स्वस्थ समुदाय निर्माणमा रेडक्रसको यो सहयोग महत्वपूर्ण योगदान बन्ने विश्वास लिइएको छ । रेडक्रसले विपद् प्रतिकार्यसँगै स्वास्थ्य तथा मानवीय सेवाको सुदृढीकरणलाई प्राथमिकता दिँदै स्थानीय स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि र समुदायको स्वास्थ्य सुरक्षामा निरन्तर सहयोग गर्दै आएको छ । उपलब्ध सामग्रीले गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित र गुणस्तरीय प्रसूति सेवा प्रदान गर्न तथा नवजात शिशुको प्रारम्भिक स्वास्थ्य हेरचाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र समुदायको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले रेडक्रसले स्वास्थ्य तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बाढीपछिको पुर्नस्थापना तथा स्वास्थ्यको क्षेत्रमा पनि नुवाकोटमा रेडक्रसले कार्य गर्दै आइरहेको छ ।


सर्वाधिक रुचाइएको