मुल सडकमा ढलान
–आवतजावतमा सुविधा
विदुर–नुवाकोटको पश्चिमी भेग हुदै धादिङसमेत जाने विदुर–त्रिशूली–भ¥याङभुरुङ मोटरवाटोको वीच वगुवामा मुल सडक ढलान गरिएको छ । विदुर नगरपालिका वडा नं. ८ वगुवामा रहेको उक्त स्थानको मल सडक ढलान गरिएपछि आवतजावतमा सुविधा पुगेको छ ।

बागमती प्रदेश सरकारमार्फत एक करोड र विदुर नपाबाट थप एक करोड गरि चालु आर्थिक वर्षमा कुल दुई करोड रुपैयाको लागतमा विदुर नपा ८ ’पहरेखोप हुदै राइसिङ जाने उक्त सडकको ढलान गरिएको छ । सोही वाटो हुदै प्रसिद्ध पन्चकन्या मन्दिरसमेत जाने गरिन्छ । उक्त सडकको ढलान र स्तरोन्नती, कार्यको जनप्रतिनिधि र सर्वसाधारणले स्थलगत अनुगमनसमेत गरेका छन् ।

विदुर नपाका मेयर राजन श्रेष्ठ, विदुर ८ का वडाध्यक्ष कमल श्रेष्ठलगायतका स्थानीय सरोकारवालाहरुलेसमेत स्थलगत अवलोकन निरीक्षण तथा निर्देशन दिएका छन् । निर्माण कार्यलाई दीर्घकालीन र गुणस्तरीय रुपमा गर्न मेयर श्रेष्ठले थप निर्देशन दिए ।












































