हात्तिपाइले विरामीको पहिचान गर्दै अस्पताल
–समुदायमै पुगेर औषधि खुवाए
विदुर–हात्तिपाइले विरामीको पहिचानमा त्रिशूली अस्पताल नुवाकोटको चिकित्सक खटिएका छन् । समुदायमै पुगेर हात्तिपाइलेका विरामीहरुलाई चिकित्सकहरले यसको औषधि खुवाएका छन् ।

समुदायमा त्रिशूली अस्पताल नुवाकोटका स्वास्थ्यकर्मी स्वयं उपस्थित भएर हात्तीपाइले रोग सम्बन्धिको रोग पहिचान, उपचार तथा परामर्श गरेका हुन् ।

तारकेश्वर गाउंपालिकाको दर्शनटारमा पुगेर त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा, डा. कैलाश विश्वकर्मासहितको स्वास्थ्य टोलीले विरामीको पहिचान गरेर औषधि खुवाएको हो । उक्त अभियान त्रिशूलीमासमेत गरिएको थियो ।












































