खेलाडिहरुलाई आर्थिक सहयोग
विदुर–नुवाकोटको वेलकोटगढी नगरपालिकाले दुई जना खेलाडिहरुलाई आर्थिक सहयोग गरेको छ । खेलाडिहरुका लागि सो नपाले हवाई टिकट खरिद सहयोग गरिदिएको हो ।

बेलकोटगढी नपा ४ का खेलाडिहरु सरोज गुरुङ र समिर गुरुङ किर्गिस्तान हाप्किडो फेडेरेसन र ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा किर्गिस्तानको बिस्केकमा सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा सहभागी भएकोमा पदक जितेका थिए । उनीहरुमध्ये एक जना खेलाडीले १ स्वर्ण र १ रजत पदक जितेका थिए ।

खेलाडिहरुलाई वाघखोरस्थित बेलकोटगढी नपाको कार्यालयमा आयोजित कार्यक्रममा मेयर जगतबहादुर गुरुङले चेक प्रदान गरे । उनले खेल जगत मानव जीवनको छुट्टै अध्याय भएको र यसले मानवलाई तन्दुरुस्ति राख्ने वताए ।

दुवै खेलाडिहरुलाई जनही एकलाख १८ हजार रपैया वरावरको चेक रकम हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा उपमेयर शिवप्रसाद दाहाल, प्रमुख प्रशासकिय अधिकृत दीपक थिङ, वडाध्यक्षहरु विभिन्न शाखा प्रमुखहरुलगायत माओवादी केन्द्रको वेलकोटगढी अध्यक्ष गोकर्णनाथ न्यौपानेलगायतले खेल क्षेत्रले मानवलाई सकारात्मक वनाउने वताए ।

उक्त खेल जुन २४ र २५ तारिखमा सम्पन्न भएको थियो । दुवै खलाडिहरुलाई हवाई टिकट वापत सो नपाले उक्त रकम वरावरको चेक आर्थिक सहयोग गरेको हो ।












































