प्रधानमन्त्रिका साथ उच्च सरकारी टोली पुगे रसुवागढी र टिमुरे
विदुर–प्रधानमन्त्री केपी शर्माओलीसहितको उच्च सरकारी टोलीले लेन्देखोलामा आएको वाढीको स्थलगत अवलोकन गरेको छ । त्रिदेशिय मार्ग अन्र्तगत स्याफ्रुवेशी–रसुवागढी सडकखण्डको वीचमा रहेको टिमुरे पुगेर वाढी प्रभावित स्थलहरुको अवलोकन निरीक्षण गरेको हो ।

चीनको तिव्वततर्फ अविरल वर्षात् हुंदा चीनवाट रसुवागढी हुदै नेपालतर्फ वहने लेन्देखोलामा आएको भीषण वाढीले मंगलवार करोडौंको क्षति गरेको छ । वाढीमा परेर सुरक्षाकर्मी, चिनीया तथा नेपालसिमेत गरि २० जना हराइरहेका छन् ।

उनीहरुको खोजीमा सवै सुरक्षा निकाय तथा सरोकारवाला खटिएका छन् । प्रम ओलीसहितको टोलीले वेलुकी हेलिकप्टरमार्फत रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्र टिमुरे तथा रसुवागढी नाकोको स्थलगत अवलोकन निरीक्षण गरेको हो ।

भीषण बाढीका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, अर्थमन्त्रि विष्णुप्रसाद पौडेल, ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्का, प्रधानमन्त्रिका मुख्य राजनितिक सल्लाहकार विष्णु रिमाल, गृहसचिव गोकर्णमणि दुवाडीलगायतको टोली मंगलबार अपरान्ह हेलिकप्टर चढेर नेपाल–चीन सीमाक्षेत्र रसुवागढी नाका पुगेको हो । प्रम ओलीका साथमा सुरक्षा निकायका प्रमुखहरुसहितको टोली टिमुरेको वाढी अवलोकनका लागि पुगेका हुन् ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राखेका छन् ।

बाढीग्रस्त क्षेत्र टिमुरे र रसुवागढी नाकामा पुगेर प्रत्यक्ष अवलोकनपछि उद्धार तथा पुर्नस्थापनामा तिव्रता दिइने प्रधानमन्त्रि ओलीले वताए । बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीसहितको टोली दुई वटा हेलिकोप्टरबाट वाढीग्रस्त क्षेत्रमा पुगेको हो ।

बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि पुगेका हुन् । नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्माओली र चिनियाँ राजदूत छन् सोङसहितको छुट्टााछुट्टै टोली मंगलवार लेन्देखोलाको बाढीले पु¥याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि रसुवागढी नाका पुगेका हुन् । यो टोलीमा गृह सचिव गोकर्ण दुबाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, राजस्व सचिव दिनेशकुमार घिमिरे र बिपद् प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टसहित छन् ।

स्थलगत निरीक्षण गरेपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री लेखकको भनार्ई छ । ‘टिमुरेमा ठूलो डिजास्टर भएको छ, अव सरकारले आवश्यक निर्णय गर्नेछ’–गृहमन्त्रि लेखकले भने ।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ । स्थानीय प्रशासनको समन्वयमा हेलिकोप्टरमार्फत पहिरो तथा बाढी प्रभावित क्षेत्रको अवलोकन र सम्भावित स्थानमा खोजी कार्य तीव्र पारिएको छ ।















































