विदेशीसहित सातसय पांच जना वढिको उद्धार
विदुर–चीनको लेन्देखोला हुदै रसुवागढीमा आएको अकल्पनिय वाढीका कारण नुवाकोट र रसुवामा अगणितीय धनजनको क्षति पु¥याएको छ । वाढी गएको दोश्रो दिन वुधवार पनि उद्धार कार्य जारी नै रहेको छ ।
दुई दिनसम्म विदेशी र नेपाली गरि वाढीमा फसेका विदेशीसहित सातसय पांच जना वढिको उद्धार गरिएको प्रशासनले जनाएको छ । बाढीपीडितका उद्धारमा खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दार लडेर सख्त घाइते भएका छन् ।

उद्धारका क्रममा लडेर गम्भीर घाइते भएपछि उनलार्ई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ । गोसाइकुण्ड गापा ३ लिङलिङमा उद्धारको क्रममा सशस्त्रको नं २० गुल्म रसुवाबाट खटिएको टोलीका सहायक हवल्दार विशाल थापा भीरबाट १० मिटर तल खोचमा खसेर घाइते भएका थिए ।
उनको टाउको र घुँडामा चोट लागेको छ । उनलाई अपरान्ह नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएका हवल्दार थापाको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उद्धार तथा पीडितको व्यवस्थापनमा सक्रियता अपनाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

दुई दिनमा हेलिकप्टरमार्फत ४१ वटा फ्लाइटबाट १ सय ६५ जनालाई उद्धार गरेर काठमाडौं पठाएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार जसमध्ये १ सय २७ विदेशी नागरिक रहेका छन् ।
यसका साथै वाढीमा फसेका स्वदेशी तथा एकसय ३१ जना विदेशी नागरिक गरेर सात सय पांच जना भन्दा बढीलाई सुरक्षाकर्मीको स्कर्टिङमा सुरक्षित स्थानमा सारिएको पौडेलको भनाई छं । चीनको तिब्बतबाट आएको बाढी लेन्देखोला (भोटेकोशी नदी) मा मिसिएपछि सुरु भएको विपत्तिले नुवाकोट र रसुवामा ठूलो जनधनको क्षति भएको छ ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउंदा दुई देशको यातायात सम्पर्क टुटेको छ । प्राविधिकका अनुसार १ हजार १ सय मिटर सडक १० स्थानमा ठूलो क्षति पुगेको छ ।

गोसाइकुण्ड गापा २ मा निर्माणाधिन सुक्खा बन्दरगाहमा पनि ठूलो क्षति भएको छ । बाढीमा परेर हालसम्म दुई जना प्रहरी, ६ चिनियाँ नागरिक, वांकी नेपाली चालक र कामदारसहित १९ जना सम्पर्कविहीन रहेका छन् ।
वाढीमा टिमुरेस्थित सुक्खा बन्दरगाहमा रहेका सामानसहितका कन्टेनर गाडी, ट्रक र ईभी गाडी बगेका छन् । बाढीपछि उद्धार र खोजीकार्य तथा सडक सञ्चालनलगायतका काम भइरहेको छ ।
२ हजारभन्दा धेरै मानिसको बासस्थान भएको ठाउँमा बाढीले सम्पर्कविच्छेद बनाएको प्रजिअ पौडेलको भनाई छ । उनका अनुसार त्यहाँ तीन चार दिनका लागि मात्रै पुग्ने खाद्यान्न मौज्दात रहेको छ ।
रसुवाका प्रजिअ अर्जुन पौडेल जिल्ला विपल व्यवस्थापन समितिको वुधवार वेलुकी वसेको आकस्मिक वैठकले उद्धार, राहत तथा पुर्नस्थापनालाई प्रभावकारी वनाउने निर्णय गरेको वताए । उनले सम्पूर्ण सुरक्षा संयन्त्र नै फिल्डमा रहेको रे उद्धारका कामहरू जारी राखेको वताए ।

बाढीमा फसेकाहरूको उद्धार जारी छ । वाढीमा फसेकालाई स्कर्टिङ गरेर सुरक्षित स्थानमा ल्याउने क्रममा सशस्त्र प्रहरीका सहायक हवल्दार विशाल थापा भीरबाट खसेर घाइते भएकोमा उनको उपचार जारी रहेको छ ।
बाढीको सबैभन्दा ठूलो प्रभाव रसुवागढी पुल बगाए, टिमुरेस्थित रसुवा भन्सारको यार्डमा पनि धेरै क्षति गरेको प्रजिअ पौडेलको भनाई छ । उनका अनुसार भन्सार यार्डमा १५ देखि २० वटा गाडीहरू पुरिएका छन् ।
भन्सार यार्डमा धेरै ठाउँमा धाँजा फाटेको र उक्त क्षेत्रलाई प्रशासनले रेड एरिया घोषणा गरेको छ । भन्सार यार्डमा रहेका गाडीभित्र सामानहरू रहेकाले सुरक्षाकर्मीले ती गाडीका मालिकहरूसँग सम्पर्क गरेर ती सामानहरू सुरक्षित स्थानमा सार्न समन्वय गरिरहेका छन् ।

बेपत्ता भएका कतिपय मानिसहरू यार्डबाटै बगेका हुन सक्ने र कतिपय त्यहीँ पुरिएका हुन सक्ने आशंका छ । त्यसको खोजी कार्य पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
वाढीमा उद्धार र वेपत्ताको खोजी कार्यका लागि हेभी इक्विपमेन्टहरू चाहिने सुरक्षाकर्मीहरुको भनाई छ । त्यस्ता उपकरणहरू तत्काल नभएकाले स्याफ्रुवेशी–रसुवागढी बाटो पहिरो पन्छाएर नखुलेसम्म त्यस्ता उपकरणहरू ल्याउन पनि समस्या रहेको प्राविधिकहरुको भनाई छ ।
बाढीलेस्याफ्रुवेशी–रसुवागढी सडकखण्डमा १२ ठाउँमा सडक अवरुद्ध गरेको छ । वाढीले विद्युत् र टेलिफोन सेवा पनि अवरुद्ध छन् ।

यसले गर्दा उद्धार र अरु कामहरू गर्न अप्ठ्यारो भएको छ । टेलिफोन सेवा सुरु गर्न र विद्युत् आपूर्ति सुचारु गर्न पहल गरिएको रसुवा प्रशासनले जनाएको छ ।
नेपाल–चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् ।











































