मृत्यु भएकाको परिवारलाई २ लाख
बाढीमा १९ जना अझै वेपत्ता
त्रिशूली–लेन्देखोलाको वाढीले मृत्यु भएकाको परिवारले क्षतिपुर्ति पाउने भएका छन् । रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढीमा आएको भीषण बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए । उनले भने,‘मृतकका परिवारलाई २ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेका छौँ ।’

प्रधानमन्त्री केपी शर्माओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय परिषद्को बैठकले सो निर्णय गरेको भट्टले जानकारी दिए । नेपाल–चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् ।












































