महिलाहरुलाई मौरीसहितको घार प्रदान
बिदुर–नुवाकोटकको पश्चिमी भेगमा रहेको किस्पाङमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सन्चालन गरिएको छ । सो कार्यक्रमअन्र्तगत किस्पाङ गाउंपालिकाले महिलाहरुलाई मौरीसहितको घारसमेत प्रदान गरेको छ ।

किस्पाङ गापा ३ काहुलेमा संञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तथा मौरीपालन सम्बन्धि सीपविकास तालिमसंगै उनीहरुलाई एक÷एक घार मौरीसमेत प्रदान गरिएको हो । गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, किस्पाङ ३ का कार्यवाहक वडाध्यक्ष जीतबहादुर आचार्यलगायतले मौरीसहितको घार हस्तान्तरण गरेका हुन् ।

गापा उपाध्यक्ष न्यौपानेले हावापानी सुहाउंदो किस्पाङको काहुले पर्यटकिय भेगसमेत भएका कारण मौरीपालनलाई महिलाहरुले आयआर्जन, सिप र शौखको रुपमा प्रवद्र्धन गर्न सकने वताए । सो कार्यक्रममा किस्पाङ ३ काहुलेका १५ जना गृहिणी महिलाहरुले उद्यमशीलता विकास र मौरीपालन सम्बन्धि तालिमसंगै एक÷एक थान मौरीसहितको आधुनिक मौरी घार पाएका हुन् ।















































