बाढीले क्षतिग्रस्त १० किलोमिटर सडक पुर्ननिर्माण तथा मर्मत
बिदुर–छिमेकी चीनको तिव्वतको लेन्देखोलामा आएको अकल्पनिय वाढीका कारण क्षति पुगेका भौतिक संरचनाको विवरण संकलन कार्य जारी रहेको छ । सडक, यातायात, जलविद्युत, जिन्सी सामानहरुमा अर्वाैंको क्षति पुगेको छ ।

वाढीले त्रिदेशिय मार्ग अन्र्तगत स्याफ्रुवेशीदेखि टिमुरे रसुवागढीसम्म १६ किलोमिटर सडकखण्डको १२ स्थानमा कटान, पहिरो तथा संरचना वगाएकोमा सडक पुर्ननिर्माण र मर्मत कार्य जारी रहेको छ । चार दिनको अवधिमा रोङ्गा पुलदेखि टिमुरेसम्मको नौ दशमलव पांच किलोमिटर र रसुवागढी जलविद्युुत आयोजनाको वालुवाखानीदेखि रसुवागढीतर्फको दुई सय ७० मिटर सडक मर्मत तथा पुर्ननिर्माण गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

वाढीले पु¥याएको क्षतिको मुल्यांकन गर्न गल्छी–देवीघाट–त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी सडक योजना कार्यालय नुवाकोटका प्रमुख खड्गलाल श्रेष्ठको संयोजकत्वमा गठित विशेष समितिले स्थलगत मुल्यांकनको कार्यलाई तिव्रता दिएको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीको भनाई छ । उनका अनुसार सडक मर्मत तथा पुर्ननिर्माणका लागि सडक आयोजना, जलविद्युत कम्पनीलगायतका स्काभेटर, डोजर, व्रेकरलगायतका हेभि उपकरणहरुसहित सयौं प्राविधिक कर्मचारी दैनिक रुपमा खटिएका छन् ।

दैनिक चार थान हेभि इक्युपमेण्टमार्फत सडक मर्मत, पुर्ननिर्माण तथा वाढी सफा गर्ने कार्य भइरहेको गोसाइकुण्ड गापा अध्यक्ष कैसाङनुर्वु तामाङले वताए । पुर्ननिर्माणको कार्य भइरहेकोछ, केहि दिनमै फेरी नेपाल–चीन रसुवागढी नाका जोडिने लक्ष्य रहेको उनको भनाई छ ।

नेपालवाट मालसामान पैठारीका लागि चीनको केरुङतर्फ गएका गाडी तथा सामानहरुलाई चिनीया पक्षले सुरक्षित रुपमा भण्डारण गरि राखिदिएको रसुवा प्रशासनले जनाएको छ । वाढी आएको दिन मंगलवारदेखि नै चीनले केरुङमा फसेकाएकसय जना नेपालीलाई सुरक्षित रुपमा गांसवासको व्यवस्थासहित राखिरहेको प्रमुख जिल्ला असिधकारी अर्जुन पौडेलको भनाई छ ।

उनीहरुलाई सडक पुर्ननिर्माण तथा मर्मत भएर फर्कने वातावरण मिलेपछि नेपालको रसुवागढी ल्याइने पनि पौडेलले वताए । उनीहरु रोजगारी, पर्यटन र व्यवसायको सिलसिलामा रसुवागढी नाका हुदै केरुङ पुगेका थिए ।
चीनले रसुवागढीस्थित लेन्देखोलामा अस्थायी रुपमा वेलिव्रिज निर्माण गर्ने जानकारी आएको नेपाल िसुरक्षा अधिकारीले जानकारी दिएका छन् । यसका लागि नेपाल सरकारले कुटनीतिक रुपमा पहल गरिरहेको जनाइएको छ ।

बाढीपछि चीनको केरुङमा फसेका एकसय जना नेपाली नागरिकलाई चिनियाँ प्रशासनले केरुङमा सुरक्षित रूपमा राखेको छ । उनीहरूलाई खानपिन, आवास, औषधोपचार लगायत आवश्यक सेवा प्रदान गरिएको र दुवै देशका प्रशासनबीच निरन्तर समन्वय भइरहेको जनाइएको छ ।
यसका साथै लेन्देखोला तथा सो खोला मिसिएको त्रिशुली नदीमा वाढीमा परेर बेपत्ता भएका दुई प्रहरी, ६ चिनीयासहित १९ जना व्यक्तिहरूको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सरोकारवालाको संयुक्त टोली परिचालित गरिएको छ ।

वाढीले पुरेको ११ थान विद्युतीय सवारी, २१ थन मालवाहक ट्रक, कन्टेनर, दुई थान हेभि इक्युपमेण्ट सुरक्षित स्थानमा सारिएको छ । वाढी तथा पहिरोसहितको पैदल हुदै आठसय ५७ जना, जोखिमयुक्त स्थानमा फसेका ५५ जना, सरकारी तथा निजी हेलिकप्टरमार्फत एकसय ७७ जनाको सकुशल उद्धार गरिएको प्रजिअ पौडेलले वताए ।
चीनको तिब्बततर्फबाट यहि असार २४ गते मंगलवार बिहान आएको भीषण बाढीले रसुवागढी नाका, टिमुरे तथा जलविद्युत क्षेत्रमा ठूलो क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । मर्मत, पुर्ननिर्माण, उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाको कार्य तीव्र गतिमा भइरहेको रसुवा प्रशासनले जानकारी दिएको छ ।

बाढिले ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए । हालम्म नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लालवहादुर श्रेष्ठको शव सनाखत भई अन्तिम संस्कारसमेत भएको छ ।
हालसम्म लेन्देखोला हुदै मिसिएको त्रिशूली नदीमा फेला परेको केशि शव र ५ वटा मानव अंग हात खुट्टा पहिचानका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । रसुवागढी जलविद्युत आयोजनाको स्काभेटरसहित चार थान स्काभेटर प्रयोग गरी निर्माण र मर्मतको काम भइरहेको छ ।

बाढीले कटान गरेको सडक निर्माण तथा मर्मतको कार्य स्याफ्रुवेशीको रोङ्गा र टिमुरे रसुवागढी दुवै तर्फबाट अगाडि बढाइएको छ । स्याफ्रुबेसी देखि रसुवागढी सम्मको सडक अन्तर्गत रोङ्गादेखि पुर्ननिर्माण तथा मर्मतको काम सुरु गरिएकोमा आइतवारदेखि टिमुरेवाट पनि काम सुरु गरिएपछि दुवै तर्फ सडक पुर्ननिर्माणको काम सुरु गरिएको हो ।
स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १५ दशमलव पांच किलोमिटर सडकमध्ये अब तीन देखि चार ठाउंमा कटान गरेका स्थानहरूमा दुवै तर्फबाट काम गरी अस्थायी रूपमा छिट्टैै यातायात संन्चालमा ल्याउने तयारी भइरहेको छ । रसुवागढी नाका गत सन् २०१७ सेप्टेम्वर १ तारिखदेखि चीनले अन्र्तराष्ट्रिय नाकाको मान्यता दिएको थियो ।












































