खाना अड्केर वृद्धको ज्यान गयो
–घटनाको अनुसन्धान जारी
बिदुर–नुवाकोटको छिमेकी रसुवाको नेसिङका एक वृद्धको खाना अड्किएर ज्यान गएको छ । प्रहरीले विशेष रुपमा घटनाको अनुसन्धान गरिरहेको छ ।

आमाछोदिङ्मो गाउँपालिका–२, नेसिङ घर भई हाल गोसाइकुण्ड गापा–६, शिव मन्दिर स्थित डेरा गरी बस्ने ७० वर्षीय गोम्बो तामाङको खाना खाने क्रममा खाना अड्किन गई ज्यान गएको प्रहरीले जनाएको छ । खाना अड्किएर वृद्धलाई गाह्रो भएपछि उपचारको लागी रसुवा अस्पताल धुन्चे लगिएकोमा उपचारको क्रममा वृछ गोम्वोको मृत्यु भएको वागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।











































