एमालेको संगठित सदस्य वढे

–पुगे सात हजार वढि सदस्य
लोकखबर
२०८२ श्रावण १, बिहीबार १९:४६

बिदुर–प्रमुख सत्तारुढ दल नेकपा (एमाले) नुवाकोटको संगठित सदस्य संख्या वढेको छ । एमालेले १२ स्थानीय तहमा संगठित सदस्य संख्या वढेको जनाएको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा चार वटा प्रदेश क्षेत्र रहेका छन् । एमाले नुवाकोटले टोल, वडा, पालिका, प्रदेश क्षेत्र तथा संघीय निर्वाचन क्षेत्र सवैमा संगठन विस्तार गरेको एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीको भनाई छ ।
एमालेको मजवुत आधार भनेकै संगठित कमिटि र सदस्य रहेको जनाउंदै मैनालीले आफ्नो दल मजवुत हुंदै गएको वताए । हालसम्म नवीकरण गरेका एमाले संगठित सदस्यहरुको संख्या सात हजार वढि रहेको छ ।

गत वर्ष ६ हजार ४ सय ९८ जना सदस्य रहेकोमा यस वर्ष ६ सय ६० जना संगठित सदस्य थपिएपछि जिल्लाभर कुल सदस्य संख्या ७ हजार १ सय ४४ पुगेको एमाले नुवाकोटका सचिब तथा संगठन बिभाग प्रमुख शिवकुमार चित्रकारले जानकारी दिए । उनका अनुसार चालु वर्षमा सदस्य संख्या विस्तार गर्ने योजना रहेको छ ।
एमालेको वेलकोटगढी नगरपालिकामा सवैभनदा वढि अर्थात् एकहजार ६ सय ३९ जना संगठित सदस्य रहेका छन् । जसमध्ये दुई सय १४ जना नयां थपिएका हुन् ।
त्यसपछि विदुर नपामा एकसय ६८ नया सहित कुल एकहजार चारसय ८३ जना संगठित सदस्य रहेका छन् । सवैभन्दा कम म्यागङमा सात नयांसहित एकसय १५ र किस्पाङमा ११ नयांसहित एकसय २७ जना संगठित सदस्य रहेको सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए ।

ककनीमा ३३ नयांसहित आठसय ५९, सुर्यगढीमा १२ नयांसहित पांचसय ४३, तारकेश्वरमा ५८ जना नयांसहित चारसय ७१, लिखुमा ६८ नयांसहित चारसय ४९, शिवपुरीमा ३७ नयांसहित चारसय ४४, दुप्चेश्वरमा चार नयांसहित चारसय २३, पन्चकन्यामा ४३ नयांसहित तीनसय र तादीमा पांच नयांसहित दुई सय ९१ जना संगठित सदस्य रहेको एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको भनाई छ । उनका अनुसार अवको निर्वाचनमा एमालेलाई वलियो वनाउने गरि सक्रियता अपनाइएको छ ।


सर्वाधिक रुचाइएको