भीरवाट लडेर मजदुरको ज्यान गयो

–वाटो सफा गर्ने क्रममा लडेर मृत्यु
लोकखबर
२०८२ श्रावण २, शुक्रबार २२:३८

बिदुर–नुवाकोटको छिमेकी रसुवामा भीरबाट लडेर एक जना मजदुरको ज्यान गएको छ । जलविद्युत आयोजनाको वाटो सफा गर्ने क्रममा भीरवाट लडेर मृत्यु हुनेमा स्थानीय मजदुर रहेका छन् ।
आमाछोदिङमो गाउँपालिका ५ स्थित सालासुङ्गी जलविद्युत आयोजनाको पाजुङ कालो डाँडामा सफाई गर्ने क्रममा भीरबाट खस्दा स्थानीय आमाछोदिङमो गाउँपालिका ५ का ४७ वर्षीय मजदुर सोनामदोर्जे तामाङको घटनास्थलमै ज्यान गएको हो ।

जलविद्युत आयोजना अन्तर्गत पाजुङ कालोडाँडा क्षेत्रमा बाटो सफा गर्ने क्रममा तामाङ शुक्रवार भीरवाट चारसय मिटर तल खसेका थिए । भीरवाट लडेका तामाङको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको कारण ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक राजु साहसहितको प्रहरी टोली खटिएकोमा तामाङलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । शवलाई सोही हाइड्रो पावरको गाडीमार्फत रसुवा अस्पताल पु¥याइएको थियो ।
शवको पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको थियो । शव वुझेर परिवारजनले अन्त्येष्टिका लागि लगेको प्रहरीले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको