अशक्तलाई सहायक सामग्री

–मेयरद्वारा व्हिलचेयर हस्तान्तरण
लोकखबर
२०८२ श्रावण २, शुक्रबार २२:४३

बिदुर-नुवाकोटको विदुर नगरपालिकाले अशक्त वृद्धालाई सहायक सामग्री प्रदान गरेको छ । नपा कार्यालयमा आयोजित कार्यक्रममा व्हिलचेयर हस्तान्तरण गरिएको हो ।

विदुर –३ की ८१ वर्षियाँ ज्येष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त भएर हिडडुल गर्न समेत नसक्ने सावित्रीदेवी रिमालको लागी विदुर नपाले एक थान व्हिलचेयर प्रदान गरेको हो । व्हिलचेयर हस्तान्तरण गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले वृद्धा रिमालको सहज जीवनयापनका लागि विदुर नपाको तर्फबाट सहयोग स्वरुप उक्त ह्वीलचेयर प्रदान गरिएको वताए ।

वृद्धा रिमालको परिवारका सदस्यलाई उक्त सहायक सामग्री हस्तान्तरण गरिएको हो । उक्त सहायक सामग्रीबाट उनलाई हिडडुल गर्न सहज हुने र नगरबासी ज्येष्ठ नागरिकहरु जो शारिरिक रुपमा पनि अशक्त छन्, उनीहरुलाईसमेत सहायक सामग्री हस्तान्तरण गरिने विदुर नपाले जनाएको छ ।


सर्वाधिक रुचाइएको