खोलामा डुवेका युवकको शव एक दिनपछि भेटियो

–शव त्रिशूली अस्पतालमा, अनुसन्धान जारी
लोकखबर
२०८२ श्रावण ३, शनिबार २०:३४

बिदुर–नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको तादीखोलामा डुवेर एक युवक वेपत्ता भएकामा एक दिनपछि उनको शव फेला परेको छ । शव त्रिशूली अस्पतालमा राखिएको छ भने घटनाको विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुप्चेश्वर गाउंपालिका ६ गौडापुलस्थित तादी खोलाको दहमा डुवेर शुक्रवारदेखि युवक वेपत्ता भएकोमा उनको शव शनिवार फेला परेको हो । काठमाडौको टोखा नगरपालिका ३ का १८ वर्षिय उत्सव श्रेष्ठ साथीहरुसंग तादी खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा उनको शव दुप्चेश्वर ५ बालकुमारी भ्याङलेस्थित तादी खोलाको किनारमा घोप्टो परेको अवस्थामा एक दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । उनको खोजी कार्यमा आफन्त, सर्वसाधारण तथा सुरक्षाकर्मी परिचालन भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार युवक श्रेष्ठ पौडी खेल्ने क्रममा दहमा डुवेर बेपत्ता भएका थिए । तादी खोलामा गौंडाको पुलमुनि भाइरल दहको नामले परिचित उक्त दहमा पौडी खेल्ने क्रममा युबक श्रेष्ठ डुबेर बेपत्ता भएकामा एक दिनपछि शव फेला परेको हो । स्थानीयवासीले वताए ।
उनको खोजीमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, आफन्त तथा सरोकारवालाको टोली घटनास्थलमा परिचालन भएका थिए । दुप्चेश्वर गाउंपालिका कार्यालय समुन्द्रटारले वर्खामा नदीमा जल सतह वढिरहेका कारण खोला तथा आसपास नजान सर्वसाधारमा सचेत गराएको छ ।

शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी परीक्षणको लागि त्रिशूली अस्पताल पठाइएको डिएसपि लामाको भनाई छ । वर्खायाममा खोलानालामा अनावस्यक रपमा पौडी नखेल्न र जथाभावी नदी, खोला तथा पोखरीमा नजान जिल्ला प्रशासन कार्यालय नुवाकोटले सचेत गराएको छ ।


सर्वाधिक रुचाइएको