विदुरमा पहिलो पटक कोरा साइक्लिङ
बिदुर–नुवाकोटको विदुरमा पहिलो पटक पहिलो ‘कोरा साइक्लिङ च्यालेन्ज’ गरिएको छ । सदरमुकाम विदुरमा पहिलो पटक आयोजना गरिएको ‘कोरा साइक्लिङ च्यालेन्ज’ शनिवार सम्पन्न भएको हो ।

विदुर नगरपालिकाको आयोजनामा शारिरिक स्वस्थ्यता, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रर्बद्धन, वातावरणमैत्री यात्रा तय गर्दै परोपकारी कार्यको उद्धेश्यसहित सञ्चालन गरिएको १३ किलोमिटर लामे उक्त यात्राको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले यसवाट पर्यटन, धार्मिक स्थलको पहिचान, शारिरीक सुरक्षा तथा सकारात्मक सोचको विकास हुने वताए ।

‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ मा एकसय ५४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, नेपाली सेनाको ६ नं बाहिनी धादिङका बाहिनिपति सुवासजंग थापा, बहादुर श्री शेर गण नुवाकोटका गणपति अशोककुमार मल्ल, सैन्य तालिम केन्द्र त्रिशूलीका केन्द्र प्रमुख देवराज भट्ट, विदुर नपा १ का वडाअध्यक्ष लेनिन रञ्जित, खेलाडि, विद्यार्थी, सर्वसाधारणलगायतको यात्रामा सहभागिता रहेको थियो ।

नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औं संस्करण अन्तरगत विदुरमा पहिलो पटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ सम्पन्न गरिएको थियो । शारीरिक स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवद्र्धन, वातावरणमैत्री यात्रा र परोपकारी उद्देश्यलाई लिएर सञ्चालन भएको ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ का सहभागीहरुले अफिसियल टिसर्टसहित सहभागी भएका थिए ।

‘कोरा साइक्लिङ च्यालेन्ज’ शनिवार विदुर नपा कार्यालयबाट सुरु भई प्रसिद्ध साततले दरवार राष्ट्रिय संग्रहालय, भैरव िमन्दिर हुदै पुनः विदुर नपामा आएर समापन भएको थियो । १३ किलोमिटरको ‘कोरा साइक्लिङ च्यालेन्ज’ बालबालिका, महिला तथा पुरुष गरी एकसय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

विदुरको सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेट्दै गरिएको साइकल यात्राले नगरको पर्यटकीय सम्भावना बोकेको स्थलहरू र स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिमा सहयोग पुग्ने उद्देश्यले साइक्लिङ च्यालेन्ज आयोजना गरिएको मेयर श्रेष्ठको भनाई छ । ‘यो पहिचानयुक्त आध्यात्मिक यात्रा होे, सो मार्गमा पर्ने प्रत्येक तीर्थस्थललाई दाहिने पारेर एक फन्को मार्नु कोरा हो,’ मेयर श्रेष्ठले अगाडि भने ।

विदुर नपालगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा नुवाकोटको सदरमुकाममा रहेका धार्मिक र पर्यटकीय स्थलहरूको परिक्रम गरिएको थियो । ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ का सहभागीहरूलाई विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटीद्वारा प्रमाणपत्र प्रदान गरिएको छ ।
























































