एसइइमा तीन विद्यालयको नतिजा नील
बिदुर-माद्यामिक शिक्षाको माथिल्लो खुड्किलोको रुपमा रहेको एसईई परीक्षामा नुवाकोटमा एक जना पनि विद्यार्थी उत्तिर्ण नभएका विद्यालयसमेत रहेका छन् । जसमध्ये सामुदायिक विद्यालय रहेका छन् ।
गत चैत्रमा सम्पन्न भएको २०८१ सालको एसईइ परीक्षामा नुवाकोटवाट एकसय ५० विद्यालयले आफ्ना विद्यार्थीलाई सहभागिता गराएका थिए । जसमध्ये तीन विद्यालयको नतिजा शुन्य अर्थात नील आएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।
नील आउनेमा सामुदायिक विद्यालयहरु रहेका छन् । शुन्य नतिजा पाउनेमा चण्डादेवी मावि मदानपुर, व्रम्हेश्वर वेद विद्याश्रम मावि पन्चकन्या र वीरेन्द्र मावि गाउंखर्क रहेक छन् ।

यि विद्यालयले क्रमशः चार, पांच र नौ जना परिक्षार्थी सहभागी गराएकोमा एक जना पनि उत्तिर्ण हुन नसकेको अर्थात ननग्रेड भएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार गत वर्षको भनदा यस वर्षको नजिजामा सुधार भने आएको छ ।
गत २०८० सालको एसईई परीक्षामा नुवाकोटमा विभिन्न आठ विद्यालयले शुन्य नतिजा पाएका थिए । विद्यालयको शैक्षिक सुधारका लागि आवस्यक निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ ।
उक्त तीन विद्यालयहरुवाट परिक्षा दिएका १८ जना सवै नै अनुत्तिर्ण भएका छन् । यस वर्ष सवैतर्फ गरि तीन हजार ६ सय ७० जना परीक्षाथी सहभागी भएकोमा ५८ दशमलव ८२ प्रतिशत उत्तिर्ण भएको शिक्षा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनीले जानकारी दिए ।

उनका अनुसार गत वर्ष भने ४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यस वर्षको परीक्षाको नतिजा सुधार भएको इटनीको भनाई छ ।
यस वर्ष नियमिततर्फ र प्राविधिकतर्फ गरि एकहजार पांच सय ११ जना विद्यार्थीको नतिजाले पुर्णता पाएको कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले जानकारी दिइन् । उनका अनुसार नतिजाले पुर्णता नपाएकाहरुले पुनः यहि साउन २९ गतेदेखि सन्चालन हुने ग्रेड वृद्धि परिक्षा दिन पाउनेछन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) का लागि १२ स्थानीय तह रहेको नुवाकोटमा २१ परीक्षा केन्द्रमार्फत परिक्षा दिएका थिए । गत चैतमा सम्पन्न भएकोे परीक्षामा नुवाकोटमा सवैतर्फ गरि तीन हजार ६ सय ७० जना परीक्षाथी सहभागी भएकोमा ५८ दशमलव ८२ प्रतिशत अनुतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।

सवैभन्दा वढि अर्थात चारमा चार नै जिपिए चार जना विद्यार्थीहरुले ल्याएका थिए । नुवाकोटमा गत वर्षे ४३ प्रतिशत मात्र परिक्षार्थी उत्तिर्ण भएकामा उक्त तुलनमा यस वर्ष १५ प्रतिशत वढि परिक्षार्थी उत्तिर्ण भएका हुन् ।
परीक्षाको नतिजा अनुसार नियमिततर्फ र प्राविधिकतर्फ गरि दुईहजार एकसय ५९ जना विद्यार्थीको नतिजाले पुर्णता पाएको कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले जानकारी दिइन् । उनका अनुसार एक हजार पांचसय ११ जना विद्यार्थीको नतिजाले पुर्णता नपाएको अर्थात् अनुत्तिर्ण भएका थिए ।
कुल गरेर १ हजार ५ सय ११ जनाले पुनः ग्रेडवृद्धि परिक्षामा सहभागी हुन पाउने कार्यालय प्रमुख रामचन्द्र इटनीले जानकारी दिएका छन् । उनका अनुसार उनीहरुका लागि परिक्षा केन्द्र निर्धारणको तयारी भइरहेको छ ।












































