बाढी पीडित परिवारलाई सहयोग

-वालकलाई अध्ययनका लागि नगद हस्तान्तरण
लोकखबर
२०८२ श्रावण ७, बुधबार १९:४७

बिदुर–नुवाकोटको ककनी गाउंपालिकाका बाढी पीडित एक परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बाढी पीडित परिवारका वालकलाई अध्ययनमा सहजताका लागि आर्थक सहयोग प्रदान गरिएको हो ।
गत असार १२ गते आएको बाढीका कारण घर तथा पत्नी गुमाएका ककनी गापा १ ओखरपौवाका अशोक बलामीलाई भेटेर उनका दुई छोराहरुको पठनपाठनका सहयोगका लागि वागमति प्रदेशका पुर्वमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

बाढीका कारण ज्यान गुमाउन पुगेकी स्व .कमला बलामीको दुई नाबालक छोराहरू र श्रीमान् अशोक बलामीलाई भेटेर मैनालीलगायतको टोलीले नाबालकहरूलाई पठनपाठनको लागि २० हजार रुपैया नगद आर्थिक सहयोग प्रदान गरिएको एमाले नुवाकोटका सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए । वालकहरु भएको स्थान ओखरपौवामै पुगेर एमाले अध्यक्ष तथा वागमति प्रदेशका पूर्वमन्त्री बद्री मैनाली, सचिवालय सदस्य दीपक कार्की, चन्द्रवहादुर बलामी, जीतबहादुर बलामी, बिक्रम बलामी, जेवी बलामी, राजेश बलामीलगायतले आर्थिक सहयोग प्रदानन गरेका हुन् ।

 

 


सर्वाधिक रुचाइएको